१६ श्रावण २०८२, शुक्रबार | Fri Aug 1 2025


त्रिविले अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन गर्ने


0
Shares

काठमाडौं, जेठ २४ । ‘विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण’ भन्ने नारासहित त्रिभुवन विश्वविद्यालयले यही जेठ २६ र २७ गते अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन गर्ने भएको छ ।

त्रिविले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी विश्वसामु त्रिविको प्रतिष्ठा उच्च बनाउन सम्मेलन गर्न लागेको जनाएको हो ।

सम्मेलनमा पाठ्यक्रम, अनुसन्धान, आविष्कार, उद्यमशीलता र व्यवस्थापनसम्बन्धी तीनओटा विषयगत प्रस्तुतिहरु हुनेछन् ।

सम्मेलनमा अमेरिका, बेलायत, फिनल्यान्ड, भारत, सिंगापुर, जापानलगायतका विश्वविद्यालयका प्राध्यापकहरुको सहभागिता रहने जनाइएको छ ।

पत्रकार सम्मेलनमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थ खनियाँले अन्तर्राष्ट्रियस्तरको ज्ञान, अनुभव साटासाट गरी शैक्षिकस्तर माथि उकास्न सहयोग पुर्‍याउने अपेक्षासहित सम्मेलन गर्न लागेको बताए ।