
काठमाडौं, जेठ २४ । भूतपूर्व गोर्खा ब्रिटिस सैनिकहरुले प्रधानमन्त्रीको बेलायत भ्रमणकाक्रममा आफ्ना समस्याले निकास पाउने आशा गरेका भएपनि भ्रमणमा उक्त विषयमाथि छलफल नै नहुने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्रीको बेलायत भ्रमणकाक्रममा गोर्खा सैनिकका विषयमा नयाँ सम्झौता नहुने बताए ।
शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले प्रधानमन्त्रीको युरोप भ्रमण आर्थिक विकास र द्विपक्षीय व्यापारमा केन्द्रित हुने जानकारी दिए ।
कार्यक्रममा बेलायतका लागि पूर्वनेपाली राजदूत सुरेशराज चालिसेले उच्चस्तरीय भ्रमणहरुबाट सम्बन्ध बलियो बनाउन महत्वपूर्ण हुने भएपनि यसले थप्ने आर्थिक भारप्रति पनि सचेत रहनु आवश्यक हुने बताए ।
यस्तै, परराष्ट्रविद् निश्चलराज पाण्डेले लामो अस्थिरतापछिको स्थीर सरकारले विश्वको ध्यानकेन्द्रित गरेकाले देशको स्वार्थअनुकूल साझेदारी गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्