
काठमाडौं, साउन १३ । नेपाली प्रवासीद्वारा स्थापना गरेको सर्च इञ्जिन सगुनमा, अमेरिकाको टेक्सस राज्यका बासिन्दाहरुले पनि लगानी गर्न सक्ने भएका छन् ।
सगुनले गत वर्षदेखि मिनी आइपीओ मार्फत आफ्नो स्वामित्वको शेयर विश्वभरी बिक्री गर्दै आइरहेको थियो । तर मिनी आइपीओ मार्फत अमेरिकाका केही राज्यबाट ती राज्यका कानूनी प्रावधानका कारण सिधै लगानी गर्न अनुमति थिएन ।
जसका लागि सगुनले टेक्ससमा सम्वन्धित निकायबाट छुट्टै अनुमति लिनुपर्ने थियो जुन हालै प्राप्त गरेको सगुनले जनाएको छ ।
अमेरिका, भारत र नेपालमा स्थापित सगुनमा विश्वभरिबाट लगानीको अवसर प्राप्त हुँदा अमेरिकाकै केही राज्यबाट भने लगानी गर्न नपाएको गुनासो आइरहेको थियो ।
टेक्ससस्थित समुदाय विशेषत नेपाली समुदायबाट आएको गुनासोलाई सम्बोधन गर्न सकिएको सगुनका कोफाउण्डर कविन्द्र सिटौलाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्