२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


दुबईमा बस दुर्घटना, १७ जनाको ज्यान गयो


0
Shares

काठमाडौं, जेठ २४ । दुबईमा एक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । बस ओमानबाट आइरहेको थियो ।

मुस्लिमहरुको पर्व इद–उल–फित्रको बिदा मनाएर फर्किरहेका यात्रीहरु सवार बस दुर्घटना भएको हो ।

बिहीबार साँझ भएको सो दुर्घटनामा पाँचजना घाइते भएका छन् ।

विभिन्न देशका ३१ जना सवार बस बाटोमा रहेको एक बोर्डमा ठोक्किँदा दुर्घटना भएको जनाइएको छ ।

चालकको लापरबाहीका कारण दुर्घटना भएको बताइएको छ । (एजेन्सी)