
काठमाडौं । पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्डमा शुक्रबार बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
चितवन र धादिङको सिमानामा पर्ने मौवाखोलामा पहिरो खसेर बाटो अवरुद्ध भएको हो । बाटो अवरुद्ध हुँदा सयौं यात्रु अलपत्र परेका छन् ।
उक्त सडक खण्डमा आज बिहान ३ बजे पहिरो गएको र पहिरो पन्छाउने काम धमाधम भइरहेकाले बाटो सुचालु हुन अझै केही समय लाग्ने जिल्ला प्रहरी कार्यालयल धादिङले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्