काठमाडौं, असार ३० । बाँके, बर्दियाका उद्योगी–व्यवसायीहरुले नेपालगन्ज–दिल्ली हवाई उडान छिटो सन्चालन गर्नुपर्ने, नेपाली गाडीलाई भारतमा सहज आवत–जावत हुनुपर्नेमा जोड दिएका छन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीको सहभागितामा गरेको वृहत् छलफल कार्यक्रममा उनीहरुले उक्त जोड दिएका हुन् ।
साथै, उनीहरुले नेपाली जडीबुटीको सहज निकास, सिटी हल एवं सुक्खा बन्दरगाह निर्माणजस्ता महत्वपूर्ण कार्यक्रमलाई समयमा सम्पन्न गर्नुपर्नेमा पनि जोड दिएका छन् ।
राजदूत पुरीले नेपालगन्जको पूर्वाधार विकासमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने विश्वास दिलाएका छन् ।
प्रतिक्रिया दिनुहोस्