१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


सरकारले घरेलु तथा साना उद्योगको संरक्षण गर्नेछः मन्त्री यादव


0
Shares

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री माृतकाप्रसाद यादवले सरकारले घरेलु तथा साना उद्योगको संरक्षण गर्ने आश्वासन दिएका छन् ।

उत्कृष्ट महिला उद्यमीलाई सम्मान गर्न आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले घरेलु उद्योगको विकासका लागि सरकार प्रयासरत रहेको बताए ।

ग्रामीण क्षेत्रका घरेलु तथा साना उद्योगमा लगानी गर्न सरकार तयार रहेको उनको भनाई थियो ।

मन्त्री यादवले घरेलु उद्योगका लागि आवश्यक कच्चा पदार्थ स्थानीय तहमै उपलब्ध हुने भएकाले सरकारले घरेलु तथा साना उद्योगको बिकासका लागि ध्यान केन्द्रीत गरेको बताए ।

सरकारले उद्यमीलाई सरल ब्याजमा ऋण उपलब्ध गराउने पनि उनले आश्वासन दिए ।

कार्यक्रममा घरेलु तथा साना उद्योगको क्षेत्रमा उल्लेख्य काम गर्ने बिभिन्न क्षेत्रका उद्यमीलाई सम्मानसमेत गरिएको थियो ।