पर्यटकद्वारा भिसाको म्याद थप गरिदिन माग • Image Khabar Image Khabar


पर्यटकद्वारा भिसाको म्याद थप गरिदिन माग


Imagekhabar
१२ श्रावण २०७७, सोमबार १८:५८

pokhara

पोखरा, साउन १२ । ‘लकडाउन’का कारण पोखरामा रोकिएका विदेशी पर्यटकहरुले भिसाको म्याद थप गर्न माग गरेका छन् ।

सोमबार पोखरामा विभिन्न देशका पर्यटकहरुले पत्रकारसँग कुरा गर्दै नेपालमा हाल कोरोनाबाट आफूहरु सुरक्षित भएकाले थप केही समय नेपालमै बस्न चाहेकोले भिसाको म्याद थप गरिदिन आग्रह गरेका हुन् ।

अमेरिका, अष्ट्रेलिया, इटाली, उरुग्वेसहितका युरोपेली मुलुकका विदेशी पर्यटकहरुले भिसाको म्याद थप गर्न माग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्