पोखरामा थप दुईजनामा कोरोना पुष्टि • Image Khabar Image Khabar


पोखरामा थप दुईजनामा कोरोना पुष्टि


Imagekhabar
१२ श्रावण २०७७, सोमबार १४:१३

पोखरामा थप दुईजनामा कोरोना पुष्टि

कास्की, साउन १२ । पोखरा महानगरमा सोमबार थप १ चिकित्सकसहित २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार कास्कीको पोखरा महानगरका २ जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।

निर्देशनालयले पोखरा महानगरका २९ वर्षीय पुरुष र ३० वर्षीया महिलामा संक्रमण पुष्टि भएको जनाएको छ ।

संक्रमितलाई जिल्लाको आइसोलेसनमा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्