नेपालमा सूर्तीजन्य पदार्थको सेवनबाट वर्षेनी २७ हजार मानिसको मृत्यु • Image Khabar Image Khabar


नेपालमा सूर्तीजन्य पदार्थको सेवनबाट वर्षेनी २७ हजार मानिसको मृत्यु


Imagekhabar
१२ श्रावण २०७७, सोमबार १४:२८

नेपालमा सूर्तीजन्य पदार्थको सेवनबाट वर्षेनी २७ हजार मानिसको मृत्यु

काठमाडौं, साउन १२ । नेपालमा सूर्तिजन्य पदार्थको सेवनबाट वर्षेनी २७ हजार बढि मानिसको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ ।

प्राथमिक स्वास्थ्य सेवा केन्द्र र स्वास्थ्य अधिकार तथा सूर्तीजन्य नियन्त्रक नेटवर्कको संयुक्त आयोजनामा सोमबार काठमाडौंमा ‘सूर्तीजन्य उद्योग हस्तक्षेप सूचांक’ सार्वजनिक गर्दै उक्त तथ्याकंको जानकारी गराइएको हो ।

तथ्यांकले दश वर्षभन्दा माथि उमेर समूहका ३३ प्रतिशतले सूर्तिजन्य पदार्थ सेवन गर्ने गरेको देखाएको छ ।

यसमध्ये २७ प्रतिशत पुरुष र ६ प्रतिशत महिला रहेका छन् ।

समग्रमा ग्रामिण भेगमा ३९ दशमलव २ र शहरी क्षेत्रमा २९ दशमलव ३ प्रतिशतले सेवन गर्ने गरेको देखाएको छ ।

यद्धपी ५ वर्षयता सूर्तीजन्य पदार्थको सेवनमा ६ प्रतिशतले कमी आएको पनि जनाइएको छ ।

सूर्तीजन्य पदार्थका बट्टा, प्याकेट र पेटीमा ९० प्रतिशत चेतावनीमूलक सन्देश र चित्र छाप्नुपर्ने प्रावधान रहेको छ ।

तर पनि सूर्य टोबाको लगायत केही कम्पनीले कानुनको वेवास्ता गर्दै आएको भन्दै कार्यक्रममा सहभागीहरुले सरकारको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. उषा झाले सूर्तीजन्य पदार्थको सेवन न्यूनीकरणका लागि नीतिगत रुपमा सहयोग गर्न आफू प्रतिबद्ध रहेको भन्दै व्यवसायीका प्रतिनिधी र सरकारबीच छलफलका माध्यमबाट निकास निकाल्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्