
काठमाडौं, जेठ २३ । इटालियन कम्पनी अप्रिलाको ‘अप्रिलिया स्ट्रोम’ स्कुटर नेपाली बजारमा भित्र्याइएको छ ।
अप्रिलियाका लागि नेपालको अधिकृत विक्रेता दुगड ब्रदर्स एन्ड सन्सले यो स्कुटर भित्र्याएको हो ।
यो स्कुटर बिहीबार एकैदिन नेपाल र भारतमा सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
१२५ सीसी क्षमताको आधुनिक प्रविधिको ‘थ्री भल्व’ इन्जिन जडान गरिएको यो स्कुटर ‘रेसर’हरुका लागिसमेत उपयोगी रहेको कम्पनीले जनाएको छ ।
१२ इन्च फराकिलो चक्का रहेको यो स्कुटर ‘अन रोड’ र ‘अफ रोड’ दुवैका लागि उपयुक्त रहेको सो कम्पनीका उपाध्यक्ष विवेक दुगडले बताए ।
स्कुटरको प्रतिबजार मूल्य असार मसान्तसम्मका लागि दुई लाख २५ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्