Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


प्रदेश–१ को नीति तथा कार्यक्रम सार्वजनिक


0
Shares

विराटनगर, जेठ २३ । प्रदेश नम्बर–१ को सरकारले गत वर्षका अधिकांश कार्यक्रम समेट्दै बिहीबार आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम ल्याएको छ ।

प्रदेशसभा बैठकमा प्रदेशप्रमुख प्रा. डा. गोविन्द तुम्बाहाङले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत् गरेका हुन् ।

किसानलाई तालिम दिने, कृषि क्षेत्रलाई यान्त्रीकीकरण गर्ने, किसानलाई अनुदान दिने, बाली र पशुधनको बिमा गर्ने योजनाहरु नीति तथा कार्यक्रममा रहेका छन् ।

यस्तै, धरान–मूलघाट र धरान–धनकुटाको मूलघाटलगायतका क्षेत्रमा सुरुङमार्गको अध्ययन गर्नेलगायतका महत्वाकांक्षी योजनाहरु पनि समावेश गरिएको छ ।

प्रदेश सरकारले देशको होचो भू–भाग केचना र विश्वकै सर्वोच्च शिखर सगरमाथालाई सडकले जोड्ने पूर्वकार्यक्रमलेसमेत यसपटक निरन्तरता दिएको छ ।

यसैगरी, कोसी राजमार्गको स्तरोन्नति गर्ने, रानी–किमाथांका सडक तथा विराटनगर विमानस्थलको स्तरोन्नतिका लागि संघीय सरकारसँग पहल गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।