Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


‘कार्यान्वयनमा सहज हुनेगरी नीति तथा कार्यक्रम’


0
Shares

मानबहादुर वली (इमेज)

सुर्खेत, जेठ २३ । कर्णाली प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा विगतका कार्यान्वयन हुन बाँकी कार्यक्रम छुटेका छन् भने कतिपय नयाँ कार्यक्रम समावेश भएको छ ।

केही महत्वाकांक्षी योजना समेटिएको नीति तथा कार्यक्रमलाई सत्तापक्षले कार्यान्वयन गर्नसकिने भनेको छ भने प्रतिपक्षले पुरानै योजनाको पुनरावृत्ति भएको प्रतिक्रिया दिएको छ ।

कर्णाली प्रदेश सरकारले बुधबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कतिपय पुरानै कार्यक्रम दोहोरिएका छन् भने कर्णालीमा रोजगारी सिर्जना, उत्पादनमूलक कार्यक्रमलाई प्राथमिकता वैकल्पिक ऊर्जा, लघुजलविद्युत् आयोजना र विद्युत् उत्पादन गरेर कर्णाली उज्यालो अभियान सन्चालन गरिनेजस्ता महत्वपूर्ण योजना पनि समेटिएको छ ।

तर, विगतका पूरा भइनसकेका योजनाको बेवास्ता गर्नु र नयाँ–नयाँ योजनामात्र समेट्नु नीति तथा कार्यक्रमको कमजोरी देखिएको छ ।

गत वर्ष महत्वाकांक्षी नीति तथा कार्यक्रम ल्याएको कर्णाली प्रदेश सरकारले यसपटक भने कार्यान्वयनमा सहज हुनेगरी ल्याएको सत्तारुढ दलका सांसद गोपाल शर्माको टिप्पणी छ ।

अर्कोतिर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भने यसमा आलोचनात्मक प्रतिक्रिया दिएको छ ।

लोकप्रिय नाराभन्दा स्थानीयको आयस्तर वृद्धि र रोजगारी सिर्जना गर्ने कार्यक्रमलाई जोड दिनुपर्ने नेपाली कांग्रेसकी सांसद अमृता शाहीको भनाइ  छ ।

सत्ता र प्रतिपक्षले बचाउ र विरोधको धर्म निर्वाह गरे पनि यसमा मिहीन ढंगले समीक्षा हुन सकेको छैन ।

भिडियो हेर्नुहोस्