
काठमाडौं, जेठ २३ । काठमाडौंको ठमेलस्थित छाया सेन्टर र असनको कोथुननि बचाउ अभियानको हस्ताक्षर अभियान जारी छ ।
गएको शनिबारदेखि सुरु अभियानअन्तर्गत् बिहीबारसम्म करिब ९ हजार हस्ताक्षर संकलन भएको अभियान टोलीले जनाएको छ ।
संकलित हस्ताक्षर सरोकारवाला निकायहरुमा बुझाइने अभियानका संयोजक नमस्ते सायमीले बताए ।
काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा आउँदो असार ७ गतेसम्म हस्ताक्षर संकलन गरिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्