२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


५९० किलो गाँजासहितको ट्रक हराएको छ ? : असम प्रहरी


0
Shares

गुवाहाटी, जेठ २३ । प्रहरीले बेवारिसे सामान फेला परेपछि सामान्यतया बरामद सामानको मुचुल्का तयार पारेर विवरण सार्वजनिक गर्दछ । अझ कानुनद्वारा निषेधित वस्तु वा अवैध सामान बरामद भएको अवस्थामा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दछ ।

यो परम्परालाई तोड्दै भारतको असम प्रहरीले भने नयाँ तरिका अपनाएको छ । असम प्रहरीले केही दिनअघि बरामद गरेको ५९० किलो गाँजा र उक्त गाँजा लोड गरिएको ट्रकका बारेमा सम्बन्धित व्यक्तिलाई प्रहरी चौकीमा सम्पर्क गर्न ट्वीटरमार्फत सूचना सार्वजनिक गरेको छ ।

असम प्रहरीले बरामद गाँजा र ट्रकको अग्रभागसमेत देखिने गरी दुई दिन अघि तस्वीर पोस्ट गर्दै ट्वीटरमा भनेको छ, ‘कसैको ५९० किलो गाँजासहितको ट्रक छगोलिया चेक प्वाइन्ट नजिकैबाट गएराति हराएको छ ?’

सम्बन्धित व्यक्तिलाई नआत्तिन अनुरोध गर्दै ट्वीटमा भनिएको छ, ‘हामीले फेला पारेका छौं, धुबरी प्रहरीसँग सम्पर्क गर्न सक्नुहुन्छ ।’

असम प्रहरीको सो ट्वीटलाई धेरैले रुचाएका छन् । (एजेन्सी)