Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


बाग्लुङमा निर्माणाधीन वडा कार्यालय भवन अलपत्र


0
Shares

बाग्लुङ । बागलुङ नगरपालिका–११ रायडाँडामा निर्माणाधीन वडा कार्यालय भवन अलपत्र परेको छ ।

बजेट अभावका कारण निर्माणको काम अधुरै रहेको हो । द्वन्द्वकालमा क्षति पुगेपछि शान्ति तथा पुनःनिर्माण मन्त्रालयमार्फत भवन निर्माण शुरु भएको थियो ।

मन्त्रालय खारेज भएसँगै दुई वर्षदेखि भवन अलपत्र अवस्थामा पुगेको छ ।

तत्कालीन शान्ति तथा पुनःनिर्माण मन्त्रालयबाट प्राप्त आठ लाख ५० हजार रुपैंयाबाट जग र पिलरको काम गरिए पनि बटेज अभाव हुँदा अलपत्र परेको वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताए ।

उनले बजेटका लागि सम्बन्धित मन्त्रालयमा माग गरिरहेको र संघिय सरकारबाट प्राप्त नभए बागलुङ नगरपालिकाकै बजेटबाट भवन बनाउन पहल गर्ने बताए ।

भवन नबन्दा अहिले वडा कार्यालय निजी विद्यालयको जीर्ण कोठामा संचालन गरिएको छ ।

स्थानीय तह निर्वाचन भएको दुई वर्ष बितिसक्दा पनि वडाको आफ्नै भवन नबनेको भन्दै स्थानीयवासीले गुनासो गरेका छन् ।