काठमाडौं, जेठ २२ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्षमा जियानी इन्फान्टिनोले निरन्तरता पाएका छन् ।
फ्रान्सको पेरिसमा बसेको फिफाको वार्षिक साधारणसभाले उनलाई सर्वसम्मतरुपमा दोस्रो कार्यकालका लागि निर्वाचित गरेको हो ।
सन् २०१५ मा भएको भ्रष्टाचारकान्डमा तत्कालीन अध्यक्ष सेप ब्लाटर निलम्बनमा परेपछि ४९ वर्षे इन्फान्टिनोले नेतृत्व सम्हालेका थिए ।
इन्फान्टिनोले सन् २०२६ को विश्वकपमा टिम संख्या परिवर्तन र क्लब विश्वकपको ढाँचामा व्यापक फेरबदल गरेका छन् । उनले विश्वकपमा सहभागिता संख्या ३२ बाट बढाएर ४८ पुर्याएका छन् ।
स्वीस–इटालियन इन्फान्टिनोले सन् २०२३ सम्म फिफाको नेतृत्व सम्हाल्नेछन् ।
पेरिस साधारणसभामा सहभागिता जनाउन नेपालबाट अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र उपाध्यक्ष वीरबहादुर खड्का गएका छन् ।








प्रतिक्रिया दिनुहोस्