२० श्रावण २०८२, मंगलबार | Wed Aug 6 2025


कोकाकोलाको ‘वर्ल्ड विथआउट वेस्ट’ अभियान


0
Shares

काठमाडौं, जेठ २२ । कोकाकोलाले ‘वर्ल्ड विथआउट वेस्ट’ अभियान सुरु गरेको छ ।

कोकाकोला नेपालले विश्व वातावरण दिवसका अवसरमा आफ्ना ‘सस्टेनबिलीटी पार्टनर’हरुसँग मिलेर ‘वर्ल्ड विथआउट वेस्ट’लागि संकल्प गरेको हो ।

‘वर्ल्ड विथआउट वेस्ट’ सन् २०३० सम्ममा बिक्री गरिएका ‘प्याकेजिङ’को शतप्रतिशत बराबरको संकलन र ‘रिसाइकल’ गर्ने कोकाकोलाको प्रतिबद्धता हो ।

कम्पनीले बुधबार वातावरण दिवसको अवसर पारेर काठमाडौंमा पत्रकार सम्मेलन गरी कोक नेपाल आफ्ना सम्पूर्ण साझेदारहरुसँगको सहकार्यमा पूर्ण ‘रिसाक्लिङ’को लक्ष्य हासिल गर्न प्रयत्नशील रहेको जनाएको हो ।

यसका लागि कम्पनीले ‘पोर्टफोलियो’ विस्तार गर्दै प्याकेजिङको पूर्णरुपमा रिसाइकल गर्न यसको डिजाइन परिवर्तन र स्थानीय समुदाय, गैरसरकारी संस्थाहरु, उद्योग तथा उपभोक्ताहरुको साझेदारीमा रिसाइकल प्याकेजिङ संकलन गर्ने रणनीति बनाउँदै गरेको जनाइएको छ ।

यस कार्यका लागि डिजाइन, संकलन तथा पार्टनरको मुख्य भूमिका हुने कम्पनीको भनाइ छ ।

कार्यक्रममा पर्यटन विभागका महानिर्देशक डन्डुराज घिमिरेले सगरमाथा सरसफाइमा सहयोग पुर्‍याउन सबैको भूमिका महत्वपूर्ण रहेकाले यसमा सहयोगका लागि पनि आग्रह गरे ।