
नेपालगन्ज, जेठ २२ । राष्ट्रपति विद्यादेवी भण्डारीले मौसम परिवर्तन विश्वकै लागि चुनौती भएको भन्दै वातावरण संरक्षणमा जुट्न सबैलाई आग्रह गरेकी छन् ।
विश्व वातावरण दिवसका अवसरमा बुधबार नेपालगन्जमा आयोजित कार्यक्रममा बोल्दै उनले दिगो वातावरण संरक्षणका लागि एकीकृत प्रयास आवश्यक रहेकोमा जोड दिइन् ।
आगामी पुस्ताका लागि अमूल्य र विशिष्ट जीवजन्तु तथा वनस्पति र वन क्षेत्रको संरक्षण एवं सम्वर्द्धन गर्दै सुन्दर भविष्य सुनिश्चित गर्न राष्ट्रपति भण्डारीले सबैमा अपिल गरिन् ।
प्रतिक्रिया दिनुहोस्