Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


हङकङका नागरिकलाई नागरिकता दिने बेलायतको नीतिको चीनले गर्यो कडा आलोचना


0
Shares

काठमाडौं । लण्डनस्थित चिनियाँ दुतावासले हङकङका नागरिकलाई नागरिकता दिने बेलायतको नयाँ नीतिले अन्तर्राष्ट्रिय कानुनको उल्लघन भएको जनाएको छ ।

आफ्नो वेभसाईडमा विज्ञप्ती जारी गदै चिनियाँ द्तावासले बेईजिङले यसको कडा प्रतिक्रिया दिने जनाउदै आफ्ना त्रुटि तुरुन्तै सच्चाउन बेलायतलाई भनेको छ ।

बेलायतको यो नीतिले चीनको आन्तरिक मामिलामा हस्तक्षेप भएको चीनको दाबी छ । विश्वको आर्थिक राजधानी मानिएको हङ्कङ्मा जुलाई १ बाट नयाँ राष्ट्रिय सुरक्षा कानुन लागू भएपछि अमेरिकालगायत पश्चिमा राष्ट्रहरुको सम्वन्ध चीनसँग चिसिएको छ ।

बेलायतकी आन्तरिक मामिला मन्त्री प्रीति पटेलले बुधबार एक पे्रस वक्तव्य जारी गर्दै बेलायतको नेशनल ओभरसिज भिषा भएका हङकङका नागरिले आगामी जनवरीबाट नागरिकताका लागि आवेदन दिनसक्ने घोषणा गर्नुभएसंगै चीनले आपत्ति जनाएको हो।