२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


लिम्पयाधुरातर्फ पनि भारतीय सडक, ट्रयाक खोल्ने काम पूरा


0
Shares

काठमाडौं । भारतले महाकाली नदीपूर्व नेपाली भूभाग गुन्जी हुँदै लिम्पियाधुरातर्फ जाने सडक मनोमानी ढगले बनाइरहेको ।

कोरोना महामारीकै मौकामा भारतको सीमा सडक संगठन बोर्डर रोड अर्गनाइजेसन (बीआरओ) ले गुन्जी–जोलिङकाङ सडक निर्माणलाई तिब्रता दिएको हो ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाली भुभाग तवाघाटबाट लिपुलेख हुँदै मानसरोबर जाने सडक बैशाख २६ गतेमात्रै उदघाटन गरेका थिए ।

त्यसपछि धार्मिकस्थल आदि कैलाश जानकार लागि सडक बनाइरहेको भारतीय दैनिक अमर उज्यालाले हालै लेखेको छ ।

त्यो सडक नेपाली भूमि गुन्जी, नाभी, कुटी हुँदै जान्छ । ३४ किलोमिटर ट्रयाक खोल्ने काम सकिएको समाचारमा उल्लेख छ । ‘बीआरओले तवाघाट–लिपुलेक सडक लिंक गरेपछि गुन्जीबाट जोलिङहाङसम्मको ट्रयाक खोल्ने काम पूरा गरेको छ’, अमल उज्याला लेख्छ । –अन्नपूर्ण पोष्ट दैनिकबाट