Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


मौलिक बाजा संरक्षणको क्षेत्रमा प्रदेश सरकारको चासो


0
Shares

काठमाडौं । पछिल्लो समय प्रदेश ३ सरकारले कला, संस्कृतिदेखि मौलिक बाजा संरक्षणको क्षेत्रमा चासो राखेको छ ।

प्रदेश सरकारले उपत्यकाका मौलिक बाजा संरक्षणका लागि बजेट विनियोजन गरेको हो ।

लक्षित वर्ग शीर्षकमा विनियोजित बजेटका आधारमा काठमाडौंको भिमसेनस्थानमा सञ्चालित बाजा प्रशिक्षण कार्यक्रमको प्रदेश सांसद राजेश शाक्यले उद्घाटन गरे । 

संस्कृतिप्रेमी तथा ईमेज च्यानलका महाप्रबन्धक रघुवरभक्त मानन्धरको सभापतित्वमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्ति सहभागी थिए ।

कार्यक्रममा मौलिक बाजा मध्ये खिं, पछिमा तथा बाँसुरी बाजा प्रशिक्षण सञ्चालन हुँदै आएको छ ।

प्रशिक्षण कार्यक्रममा बाजा सिक्ने प्रशिक्षार्थीको उत्साहजनक सहभागिता छ ।