
काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा काठमाडौंको लाजिम्पाट क्षेत्रमा विशेष अभियान चलाइएको छ ।
वडा कार्यालय, स्थानीयवासी र विभिन्न बैंक तथा वित्तीय संस्थाको सहयोगमा भएको अभियानमा सडकमा राखिएका पोलमा विरुवासहितका गमला झुन्ड्याइएको छ ।
पहिलो चरणमा करिब ७० वटा बिजुलीका पोलमा विरुवासहितको गमला राखिएको वडाध्यक्ष राजेन्द्र महर्जनले जानकारी दिए ।
सडकमा गमला राख्ने स्थान अभाव हुँदा यस्तो खालको बगैंचा निर्माण गरी शहरलाई हरियाली बनाइने प्रचलन विश्वका अन्य शहरमा पनि छ ।
सो अभियानमा प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि, स्थानीय बुद्धिजीवी तथा व्यापारीहरुको समेत सहभागिता छ ।
प्रतिक्रिया दिनुहोस्