धनकुटा । धनकुटाको चौविसे गाउँपालिकाले आफ्नो क्षेत्राधिकारभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका पाठ्यपुस्तकमा एकरुपता कायम गरेको छ ।
शैक्षिक उपलब्धि अभिवृद्धि, परीक्षा तथा मूल्यांकन प्रणालीमा एकरुपता कायम गर्ने उद्देश्यसहित चालू शैक्षिक सत्रदेखि लागू हुने गरी विद्यालयका पाठ्यपुस्तकमा एकरुपता कायम गरिएको हो ।
चौविसे गाउँपालिकामा ४४ वटा सामुदायिक र ६ वटा निजी गरी ५० वटा विद्यालय सञ्चालित छन् ।
पाठ्यपुस्तकमा एकरुपता भएपछि मूल्यांकन तथा गुणस्तरमा एकरुपता हुने गाउँपालिका अध्यक्ष खजिन्द्र राईले जानकारी दिए ।
अहिले गाउँपालिकाभित्रका सबै सामुदायिक तथा निजी विद्यालयमा सरकारले निर्दिष्ट गरेको पाठ्यक्रम अनुसार पढाइ भइरहेको छ ।
विद्यालयहरुले नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रमअनुसारका पाठ्यपुस्तक तथा सन्दर्भ सामग्री मात्रै प्रयोग गर्न पाउनेछन् ।








प्रतिक्रिया दिनुहोस्