१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


‘स्वच्छ वायु, स्वस्थ जीवन’ नारासहित विश्व वातावरण दिवस मनाइँदै


0
Shares

काठमाडौं । वातावरण संरक्षणको आवश्यकता र अवस्थाबारे सचेतनामूलक कार्यक्रम गरी आज विश्व वातावरण दिवस नेपालमा पनि मनाईँदै छ ।

संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष जुन ५ मा यो दिवस मनाउने गरिन्छ । यस वर्ष ‘स्वच्छ वायु, स्वस्थ जीवन’ भन्ने नाराका साथ यो दिवस मनाइँदै छ ।

मानव जाति आफू बस्दै आएको वातावरणको सर्जक र विनाशक दुवै रहेकाले वातारण संरक्षणमा मानवको भूमिका महत्वपूर्ण छ ।

यही कुरालाई ध्यानमा राखेर वातावरण संरक्षणमा मानवीय भूमिकालाई प्रवल बनाउने उद्देश्यसहित दिवस मनाउने गरिन्छ ।

वायु प्रदुषणका कारण मानव स्वास्थ्य र समग्र वातावरणमा खराव प्रभाव परेको सन्दर्भमा त्यसबाट मुक्त हुने प्रयासमा एकताबद्ध हुने आह्वान गर्दै यो नारा तय गरिएको हो ।

दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले विकास वातावरणमैत्री हुनुपर्ने बताएका छन् ।

उनले विकास र वातावरणबीच सन्तुलन हुन सके मात्र उन्नति दिगो र मानव उपयोगी हुने उल्लेख गरेका छन् ।