२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


लकडाउनमा अनिच्छित गर्भधारण गर्नेको संख्या बढ्यो


0
Shares

काठमाडौं । ठूला अस्पतालले सेवा नदिंदा असुरक्षित गर्भपतन तथा अनिच्छित गर्भधारण गर्नेको संख्या बढेको छ ।

कोरोना संक्रमणका बेलामा सरकारले जारी गरेको निर्देशिका कागजमै सिमित हुँदा यस्तो समस्या निम्तिएको हो ।

नेपाल परिवार नियोजन संघका एक्टिङ पोग्राम डाइरेक्टर परमिज थापा लकडाउनका समयमा सरकारी निकायले सेवा दिनै नसकेको बताउनुहुन्छ ।

उहाँले सार्वजनिक सवारीसाधन नचल्दा परिवार नियोजनको क्लिनिकसम्म जति पुग्न सके त्यो पनि निकै कठिनाइसँग आएको बताउनुभयो ।

कोभिड–१९ लकडाउन गरेसँगै काम गर्ने भनेर सरकारले आरएनएन एसीएच गाइड लाइन निकाल्यो ।

त्यसमा होमबेस मेडिकल एबोर्सन, टेलिमेडिसिन नीतिमा ल्याएको छ ।

अहिले लकडाउन खुकुलो भएपछि सेवागांहीको संख्या बढेको उहाँको भनाइ छ । ३ महिना सेवा असहज हुँदा समस्या थपिएको छ ।

सुरुका दिनमा सेवा लिन चाहनेलाई सार्वजनिक सवारीसाधन नचल्नु र कोरोना लागेपछि भन्ने डरले पनि सेवा केन्द्रसम्म पुग्न सकेनन् । नेपाल समाचारपत्र दैनिकबाट