१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


ट्रयाक्टर दुर्घटनामा एकजनाको मृत्यु, दुईजना घाइते


0
Shares

गुल्मी, जेठ २१ । गुल्मीको रेसुंगा नगरपालिका–७ लब्लिडाँडामा गएराती ट्रयाक्टर पल्टिँदा परिचालकको घटनास्थलमै मृत्यु भएको छ भने २ जना भने घाइते भएका छन् ।

गुल्मी सदरमुकाम तम्घासबाट गएराति करिव पौने १० बजे अर्घाखाँचीतर्फ जाँदै गरेको लु१त ३३९३ नम्बरको ट्रयाक्टर लब्लिडाँडा पुग्दा नियन्त्रण गुमाएर सडकबाट करिब २५० मीटर तल खसेको थियो ।

दुर्घटनामा मृत्यु हुनेमा गुल्मीकै मदाने गाउँपालिका ६ डौडाका २१ वर्षीय मधु नेपाली रहेका छन् । दुर्घटनामा घाइते भएका दुईजनाको रेसुंगा अस्पताल गुल्मीमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको छ ।