१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


गोसाइँकुण्डमा गंगादशहराको अवसरमा लाग्ने ‘गोसाइँकुण्ड मेला’ सुरु


0
Shares

रसुवा । रसुवाको पवित्र तीर्थस्थल गोसाईकुण्डमा गंगादशहराको अवसरमा लाग्ने गोसाइँकुण्ड मेला आजबाट सुरु भएको छ ।

हरेक वर्ष जेठ शुक्ल प्रतिपदादेखि दशमीसम्म गोसाइँकुण्डमा मेला लाग्ने गरेको छ ।

कुण्डमा स्नान गरी गोसाइँबाबा भगवान् शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुका साथै आपूmले चिताएको सबै आकांक्षा पूरा हुने जनविश्वास रही आएको छ । यहाँ बर्सेनी हजारौैं भक्तजन स्नान गर्न आउने गर्दछन् ।

पौराणिक कथनअनुसार देवता र दानवबीच लडाइँ हुँदा समुद्र मन्थनबाट उत्पन्न कालकूट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आई गोसाइँबाबा भगवान् शिवशंकरले आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात् त्रिशूलधाराको उत्पत्ति भई त्रिशूलधाराको पानीबाट गोसाइँकुण्डको उत्पत्ति भएको भन्ने किंवदन्ती रहेको पाइन्छ ।

रसुवाको पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा र गंगादशहरामा गरी वर्षको दुईपटक मेला लाग्ने गरेको छ ।

मेला अवधिभरका लागि नेपाली सेना र जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य शिविर सञ्चालन गरेका छन् ।