Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


मौद्रिक नीतिको समुद्रपार निकासी पैठारी संघद्वारा स्वागत


0
Shares

काठमाडौं, साउन ४ । आर्थिक वर्ष २०७७–०७८ को मौद्रिक नीतिको नेपाल समुन्द्रपार निकासी पैठारी संघले पनि स्वागत गरेको छ ।

संघ लगायत निजी क्षेत्रद्वारा प्रस्तुत सुझावमध्ये अधिकांशको सम्बोधन भएको भन्दै संघले नीतिको स्वागत गरेको हो ।

मौद्रिक नीतिमार्फत चालिएका कदमले कोभिड–१९ बाट धराशयी भएका उद्योग, व्यवसायको पुनरुत्थान, रोजगारी सिर्जना, बैंकिङ प्रणालीमा तरलता बढाउन मद्दत गर्ने र व्यवसायको लागत कटौतीमा समेत योगदान गर्ने संघले ठानेको छ ।

मौद्रिक नीतिमार्फत अघि सारिएका योजनाहरुको कार्यान्वयनबाट मात्रै लक्षित उपलब्धि हासिल हुने हुँदा यथाशीघ्र कार्यविधि तयार गरी कार्यान्वयनको वातावरण बनाउन पनि संघले राष्ट्र बैंकसमक्ष आग्रह गरेको छ ।

संघले अघि सारेका विद्युतीय ट्रान्सफरमा शुल्क नलाग्ने व्यवस्था, बैंक ग्यारेन्टीको म्याद सकिएपछि कुनै दाबी नआएमा स्वतः फुकुवा गर्ने व्यवस्था हुनुपर्ने माग भने अझै सम्बोधन हुन बाँकी भन्दै यसलाई पनि निर्देशिकाहरुमार्फत सम्बोधन हुने अपेक्षा संघले गरेको छ ।