२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


सेयरबजारमा ‘करेक्सन’ जारी


0
Shares

काठमाडौं, जेठ २० । सोमबार पनि सेयरबजारमा ‘करेक्सन’ जारी रह्यो ।

‘सेलिङ प्रेसर’का कारण सोमबार पनि सेयरबजार परिसूचक दोहोरो अंकले ओरालो लाग्यो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से झन्डै १३ अंकले झरेर १२ सय ९२ मा आएर थामियो ।

यसदिन कारोबार भएका सबै समूह ओरालो लागे । निर्जीवन बिमा समूह सबैभन्दा उच्च ६७ अंकले झर्‍यो । उत्पादनमूलक र जीवनबिमा समूह पनि ५४/५४ अंकले ओर्लिए । होटल, विकास बैंक, जलविद्युत् र लघुवित्त समूहमा पनि दोहोरो अंकले गिरावट आयो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १७१ कम्पनीका २२ लाख बराबर कित्ता सेयर जम्मा ७० करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।