
काठमाडौं, असार ३० । चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनशनमा बसेका डा. गोविन्द केसीको पक्षमा शनिबार माइतीघरमन्डलामा विशाल प्रदर्शन गरिएको छ ।
डा. केसीको जीवनरक्षा र उनले उठाएका मागको सम्बोधन गर्न माग गर्दै माइतीघरमन्डलाबाट सुरु भएको प्रदर्शन नयाँबानेश्वरमा पुगेर सभामा परिणत भएको छ ।
डा. केसीको माग पूरा गर्न सरकारलाई दबाब दिन उत्रिएकाहरुमा विभिन्न पेसागत संघ–संगठन र विभिन्न व्यापारिक संघ–संगठनसमेत छन् ।
नेपाल चिकित्सक संघ, इन्जिनियर एसोसिएसन, नेपाल बार एसोसिएसनलगायत नागरिक समाजका विभिन्न व्यक्तित्वहरु प्रदर्शनमा सहभागी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्