
काठमाडौं । नेपालको व्यावसायिक क्षेत्रमा एउटा इतिहास बोकेको ‘ज्योति ग्रुप’ एकपछि अर्को काण्डमा फस्दै गएको छ ।
ग्राहकलाई ठगी गरेको आरोपमा पक्राउ परेका यस ग्रुपका सञ्चालकहरू अहिले एकले अर्कोलाई ठग्यो भन्दै प्रहरी प्रशासनको शरणमा पुगेका छन् ।
पारिवारिक सदस्यहरू नै सञ्चालक रहेको यो ग्रुपमा अन्य साझेदारले होइन आफ्नै दाजुभाइले एक–अर्कालाई ठगी गरेको, झुक्काएको, विश्वासघात गरेको भन्दै प्रहरीलाई गुहार्न पुगेका हुन् ।
प्राप्त जानकारीअनुसार ज्योति ग्रुपका उपाध्यक्ष डा. रुप ज्योतिले दाइ पद्म ज्योतिका छोराहरू सौरभ ज्योति र सुहृद ज्योतिविरुद्ध महानगरीय प्रहरी परिसरको अपराध अनुसन्धान महाशाखामा उजुरी गरेका हुन् ।
डा. रुप ज्योतिले भतिजहरूले छल गरी कम्पनी हत्याएको, सम्पत्ति खोसेको भन्दै प्रहरीमा उजुरी गरेका छन् ।
डा. रुप ज्योतिले पर्साको परवानीपुरस्थित आफ्नो नाममा रहेको पाँच बिगाह जग्गा जेठो भतिज सौरभले बिक्री गरेको र कान्छो भतिज सुहृद आप्mनो नाममा भएको भाजुरत्न इन्जिनियरिङ सेल्स कम्पनीमा ‘कर्पोरेट फ्रड’ गरी करोडौं रुपियाँ डुबाएको ओराप लगाएका छन् । नेपाल समाचारपत्र दैनिकबाट
प्रतिक्रिया दिनुहोस्