२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


बजेट ‘त्रुटिपूर्ण’


0
Shares

काठमाडौं, जेठ २० । प्रमुख प्रतिपक्ष दलका सांसद डा. मीनेन्द्र रिजालले बजेट त्रुटिपूर्ण भएको बताएका छन् ।

जेठ १५ गते बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा पेस गरेको आर्थिक वर्ष २०७६/०७७ को बजेट त्रुटिपूर्ण भएको उनले बताए ।

डा. रिजालले आर्थिक वर्ष २०७६/०७७ का लागि पेस भएको बजेट पुस्तिकाको दफा ‘क,’ ‘ख’ ‘ग’ र ‘ङ’ तथा अनुसूची २ मा उल्लेख भएको बजेट त्रुटिपूर्ण भएकाले यसको जवाफका लागि सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराए ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद रिजालले सरकारको जवाफ माग गरेपछि सभामुख कृष्णबहादुर महराले सो विषयमा सरकारको ध्यानाकर्षण भएको बैठकलाई जानकारी दिए ।

त्यसैगरी, सांसद राजकिशोर यादवले सरकारले संविधान मिच्दै गएको, विधि र प्रक्रियालाई अवलम्बन नगरेको बताए ।

उनले केही दिनअघि लोकसेवा आयोगले सार्वजनिक गरेको विज्ञापन संविधानको धारा ३६ को उपधारा २ विपरीत भएको दाबी गरे । रासस