
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदले सोलुखुम्बु जिल्लाका शिक्षक/शिक्षिकाको विधि र प्रक्रिया मिचेर सरुवा गरेकोप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।
बैठकमा प्रमुख प्रतिपक्ष दलका सांसद वालकृष्ण खाँणले विधि, प्रक्रिया र नियमलाई मिचेर आफ्ना मान्छेलाई इच्छा अनुसारको स्थानमा सरुवा र अन्यलाई विभेद् गरेको बताए ।
सांसद डिला संग्रौंला श्रम तथा रोजगारीका क्षेत्र अस्तव्यस्त बन्दै गएकोमा चिन्ता व्यक्त गरिन् ।
सांसद दिलेन्द्रप्रसाद बडूले जेठ ११ गते दार्चुलामा घटेको आपराधिक घटनामा संलग्न अपराधिलाई पक्राउ गर्न नसकेकोमा सरकारको ध्यानाकर्षण गराइन ।
प्रतिक्रिया दिनुहोस्