गुटको पछि नलाग्नोस् : पौडेल • Image Khabar Image Khabar


गुटको पछि नलाग्नोस् : पौडेल


Imagekhabar
३ श्रावण २०७७, शनिबार १५:२७

Nepali congress politics

काठमाडौं, साउन ३ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४औं महाधिवेशनमा कसैको गुटमा नलाग्न कार्यकर्ताहरुलाई आह्वान गर्नुभएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा वा पौडेल पक्ष कसैसित नटासिन उहाँले कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको हो ।

शनिबार बिहान काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पौडेलले १४औं महाधिवेशनमा प्रजातान्त्रिक अभ्यास राम्रोसँग गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले गुटभन्दा माथि उठेर पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउन आग्रह गर्नुभयो ।

कांग्रेसप्रति जनतामा गलत सन्देश गएको बताउँदै त्यसलाई चिर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा कांग्रेस नेता उदयशमशेर राणाले सरकारले जनअपेक्षाअनुरुप काम नगरेको भन्दै आलोचना गर्नुभयो ।

कार्यक्रममा विभिन्न मितिमा सगरमाथाको सफल आरोहण गरेकाहरुलाई कांग्रेस प्रवेश गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्