१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


बस पल्टिदा एक जनाको मृत्यु, तीनको अवस्था गम्भीर


0
Shares

-बासुदेव बर्मा/ईमेज

कपिलबस्तु । कपिलवस्तुको सदरमुकाम तौलिहवाबाट काठमाडौंका लागि आइतवार साँझ छुटेको बस हावाहुरीमा परी रुपन्देहीको सालझन्डीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

तौलिहवाबाट छुटेको लु २ ख ८३९ नम्बरकोे बस दुर्घटना हुंदा बुटवल उपमहागरपालिका वडा नम्बर ११ देवीनगर बस्ने बर्ष ५० की माया श्रेष्ठको मृत्यु भएको छ ।

दुर्घटनामा ११ जना घाइते भएका छन्, घाइते मध्ये तीनजनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भिर घाइते भएका बस चालक शिव ढकाल र अन्य दुई जनाको परिचय खुल्न नसकेको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।

घाइते हुनेहरुमा कपिलवस्तु नगरपालिका वडा नम्बर ११ का प्रदीप चौधरी, सोही ठाउँका लक्ष्मी नारायण चौधरी, सैनामैना नगरपालिका ६ रुपन्देहीका राजकुमारी थारु, शुद्धोधन गाउपालिका ४, कपिलबस्तुका पुष्पा चौधरी, वाणगंगा नगरपालिका, ३ कपिलबस्तुका बुद्धकुमारी कुँवर, कपिलवस्तु नगरपालिका ११ का अशिसकर आलम, कपिलबस्तु नगरपालिका १२ का रामसेवक मुराउ, रुपन्देही तिलोत्तमा नगरपालिका ४ का पदम बहादुर थापा रहेको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।

घाइते सबैको मर्सिसिटी अस्पताल बुटवलमा उपचार भैरहेको प्रहरीको भनाई छ ।