
पाँचथर । कानुनी ब्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्यमा अर्यालले कृषि क्षेत्रबाटै यो मूलकको समृद्धि आउने बताएकी छन् ।
पाँचथरको फिदिममा आज पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन ।
कृषि क्षेत्र बाट नै यो मूलकले समृद्धि हासिल गर्ने बताउँदै अव वाहिर आउने कृषिजन्य वस्तुहरुको आयात रोक्नुपर्ने बताइन ।
हामीले निर्यात वृद्धि र प्रर्वद्धन गर्ने मात्रै नभएर अव वस्तुहरु आयात रोकेर मूलकलाई समृद्धिको बाटो तर्फ अघि वढाउने उनको भनाई छ ।
उनले हरेक क्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउने सोचका साथ यो सरकारले काम गरिरहेको उल्लेख गरिन् ।
उनले जनतालाई परिवर्तनको प्रत्याभूति दिने गरिको काम यो सरकारले गरिरहेको बताइन ।
यस्तै मालपोत तथा नापी कार्यालयमा अनलाईन डिजिटल प्रविधिबाट काम गर्ने गरीको वातावरण बनाउने उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्