१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


अर्घाखाँचीमा पानीसहित आएको हावाहुरीले ६० घरगोठको छानो उडायो


0
Shares

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाँउपालिकामा आइतवार साँझ पानीसहित आएको हावाहुरीले घरगोठहरुको छाना उडाएको छ ।

हावाहुरीका कारण छत्रदेव गाँउपालिकाको २ र ३ नम्वर वडामा मात्रै एक विद्यालयसहित कम्तीमा ६० घरगोठको छानो उडाएको छ ।

हावाहुरीले शहिद मेमोरियल वोर्डिंग स्कुलको छानासहित ६० घर गोठको छाना उडाएको स्थानीय पिताम्वर खनालले बताए ।

वल्कोटको हुलाकदेखी पाटीसम्मको क्षेत्रमा बढी क्षति पुगेको बताइएको छ । हावाहुरीले रुखका हांगा तथा फलफुलका सयौ बोटहरु भाँचिएको छ ।

हावाहुरीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।