उदयपुर सिमेन्ट उद्योगको उत्पादन बन्द • Image Khabar Image Khabar


उदयपुर सिमेन्ट उद्योगको उत्पादन बन्द


Imagekhabar
१ श्रावण २०७७, बिहीबार १७:३१

udayapur

उदयपुर, साउन १ । सरकारी स्वामित्वको देशकै ठूलो औद्योगिक प्रतिष्ठान उदयपुर सिमेन्ट उद्योगको उत्पादन बन्द भएको छ ।

हाइटेन्सन पावर सस्पेन्सन प्रिहिटर फ्यान मोटर बिग्रिएपछि उत्पादन बन्द भएको हो ।

कोरोनाभाइरसको महामारीका कारण बन्द रहेको उद्योग सञ्चालनमा आएको केही सातामै उत्पादन ठप्प भएको हो ।

८०० मेट्रिकटन सिमेन्ट उत्पादनको क्षमता रहेको उद्योगबाट हाल दैनिक ६०० मेट्रिकटन उत्पादन भइरहेको उद्योगका प्रवक्ता रामबहादुर जिसीले जानकारी दिनुभएको छ ।

उद्योग बन्द हुँदा दैनिक करोड घाटा भएको उद्योग प्रशासनले जनाएको छ ।

यसअघि पनि मोटरमा आएको समस्याका कारण दुई महिना उद्योगको उत्पादन बन्द भएको थियो ।

मर्मतका लागि ह्याबी इलेक्ट्रोनिक इकुप्मेन्ट वर्कसप वीरगन्ज पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्