३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


११ किलो सालकको खपटासहित एक व्यक्ति पक्राउ


0
Shares

पाँचथर, असार ३० । पाँचथरमा ११ किलोग्राम सालकको खपटासहित एक व्यक्ति पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय अमरपुरको गस्ती टोलीले ११ किलो सालकको खपटासहित हिलिहाङ गाउँपालिका–३ का ५३ वर्षीय फुपुठी शेर्पालाई पक्राउ गरेको हो ।

उनका साथबाट दुईथान मोबाइल, चाँदीका केही गरगहना र नगद १२ हजार रुपैयाँसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक बामदेव गौतमले जानकारी दिए ।

उनलाई हिलिहाङ गाउँपालिका–२ स्थित मेची राजमार्गमा सवारी चेकजाँच गर्दा मे१ज १४३९ नम्बरको जिपबाट ती सामानसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।