
काठमाडौं, असार ३१ । एनसेलले ‘इन्डलेस कुराकानी प्लस’ योजना ल्याएको छ ।
कम्पनीले आफ्नो नयाँथिम ‘प्लस’ अन्तर्गत प्रिपेड ग्राहकलाई आकर्षक भ्वाइस अफर ‘इन्डलेस कुराकानीप्लस’ ल्याएको जनाएको हो ।
यस योजनाअन्तर्गत ग्राहकले अझ सुलभ दरमा भ्वाइस सेवाबाट लाभ लिन सक्ने कम्पनीको दाबी छ ।
प्रिपेड ग्राहकले यस अफर अन्तर्गत ७ दिन, १५ दिन वा ३० दिनको समयावधि रहेको भ्याइस प्याक आफ्नो आवश्यकता अनुसार सुचालु गर्न सक्ने जनाइएको छ ।
३० दिने प्याक सुचालु गर्ने ग्राहकले मात्र ८ पैसा प्रतिमिनेटमा कुराकानी गर्न सक्ने कम्पनीको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्