१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


लोक सेवा आयोगले खुला गरेको विज्ञापन सच्याउन माग


0
Shares

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद अमरेशकुमार सिंहले किसानले ऊखुको उचित मूल्य नपाउँदा लगानी जोखिममा परेकोतर्फ सरकारको ध्यानाकर्षण गराए ।

सांसद आशाकुमारी विकले लोक सेवा आयोगले खुला गरेको विज्ञापन समावेशी र समानुपातिक नभएको हुँदा सच्याउन माग गरे ।

सांसद केदार सिग्देलले तनहुँको विकास आयोजना समयमै सम्पन्न गराउनेतर्फ सम्बन्धित मन्त्रालयको ध्यान जाओस् भने ।

अर्का सांसद खगराज अधिकारीले हालै धनुषा र नवलपरासीका बालकलाई बलि दिएको घटनाप्रति आपत्ति जनाउँदै यस्ता घटना रोक्नेतर्फ सरकार गम्भीर बन्न आग्रह गरे । 

सांसद गंगा चौधरी र घनश्याम खतिवडाले संसद्ले बनाएको ऐन कानून कार्यान्वयन किन भएन ? भनी प्रश्न गरे ।