
सिन्धुली । सिन्धुलीका विभिन्न क्षेत्रमा जथाभावी स्काभेटर प्रयोग गर्न थालिएपछि नदी आसपासका क्षेत्रमा जोखिम बढेको छ ।
कमलाखोच, मरिण, महाभारत पहाड र गढतिर क्षेत्रका मानव बस्ती र पहाडमा जथाभावी स्काभेटर प्रयोग गरिएपछि भूक्षय हुँदा जोखिम बढेको हो ।
वातावरणीय प्रभाव मूल्यांकन नगरी ठेकेदार तथा स्थानीय निकायले स्काभेटर प्रयोग गर्दा भूक्षय र वातावरण विनास हुँदै गएको हो ।
कमजोर भू–बनोटको चुरे पहाड र भावर क्षेत्रमा विकासका नाममा दोहनसमेत बढ्दै गएको छ ।
मध्यपूर्वी क्षेत्रको चुरे आसपासमा राष्ट्रपति चुरे तराई मधेश कार्यक्रमलगायतका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिए पनि दोहन नरोकिँदा त्यस आसपासका उर्वर खेतीयोग्य जग्गा सिँचाइको अभावमा बगरमा परिणत हुँदै गएका छन् ।
महाभारत र चुरे पहाडको दोहनले भूक्षय र दैवी प्रकोपका समस्या बढ्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्