
काठमाडौं । संघीय सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि आजबाट संसद्मा छलफल सुरु भएको छ ।
प्रतिनिधिसभाको जारी बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले जेठ १५ गते संसद्मा प्रस्तुत गरेको बजेटमाथि सैद्धान्तिक छलफल सुरु भएको हो ।
डा. खतिवडाले १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट पेश गर्नुभएको थियो ।
बैठकमा प्रतिपक्षी दलका सांसदहरुले बजेटमा रहेका कमजोरीहरुलाई प्रमुखरुपमा उठाएका छन् ।
प्रतिक्रिया दिनुहोस्