३० असार २०८२, सोमबार | Mon Jul 14 2025


सुनको मूल्यमा नयाँ कीर्तिमानः प्रतितोला ९२ हजार ८ सय पुग्यो


0
Shares

काठमाडौं । नेपालमा आज सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।

आज ६ सय बढेर प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि छापावाल सुन सबैभन्दा बढी ९२ हजार ४ सय पुगेको थियो । हिजो छापावाल सुन तोलाको ९२ हजार २ सय रुपैयाँ निर्धारण गरिएको थियो ।

आज तेजावी सुनको मूल्य पनि बढेको छ । हिजो ९१ हजार ७ सय ६० निर्धारण गरिएको तेजावी सुनको मूल्य आज तोलाको ९२ हजार ३ सय ६० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

आज चाँदी प्रतितोला १ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा ९ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।