२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


फलाखु खोला नियन्त्रण गर्न तटबन्ध निर्माण सुरु, उत्तरगयाधामको संरक्षण हुने


0
Shares

रसुवा । रसुवाको उत्तरगया गाउँपालिकामा फलाखु खोलाले जग्गा कटान गर्न थालेपछि तटबन्ध निर्माण गर्न थालिएको छ ।

प्रदेश नम्बर ३ सरकारबाट प्राप्त १ करोड रुपैयाँको लागतमा उत्तरगया गाउँपालिकाको वडा नं. ५ मा तटबन्ध निर्माण सुरु गरिएको हो ।

बर्षातको समयमा फलाखु खोलामा आउने बाढीले बर्सेनि जग्गा कटान गर्ने गरेको छ ।

नदी कटान नियन्त्रण गर्न तटबन्ध निर्माण सुरु गरिएको उत्तरगया धाम संरक्षण समितिका अध्यक्ष ईश्वरलाल श्रेष्ठले बताए ।

उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले तटबन्ध निर्माणमा विगतमा प्रयोग गरिँदै आएको ग्याबिन तारजालीको प्रयोग नगरी यस वर्षदेखि ढलान गरेर खोलाको बहाव नियन्त्रणको काम गर्न लागिएकोे बताए ।

रसुवा र नुवाकोटको सिमानामा रहेको हिन्दु धर्मावलम्बीको चार धाममध्येको एक पवित्र धाम उत्तरगयामा हजारौं भक्तजनले आफ्ना पितृलाई पिण्ड दान गर्ने गर्दछन् ।

करिब ३० रोपनी जमिनमा तटबन्धको निर्माण भएपछि धामको सुरक्षा हुने गाउँपालिकाको विश्वास छ ।