
काठमाडौं, जेठ १८ । स्थानीय उत्पादनको प्रवद्र्धन र स्थानीय कलाकारलाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलो कुसुन्ती सडक महोत्सव आयोजना गरिएको छ ।
शनिबार ललितपुरको कुसुन्तीमा आयोजित महोत्सवमा स्थानीय उत्पादनलगायत विभिन्न खानाका स्टल राखिएका थिए ।
महोत्सवमा विभिन्न कलाकारहरुले संगीतिक प्रस्तुति दिएका थिए ।
डस्ट इभेन्ट एन्ड मिडिया एक्भिजले आयोजना गरेको महोत्सव ललितपुर महानगरपालिका–१३ को सहकार्यमा भएको हो ।
प्रतिक्रिया दिनुहोस्