Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


गन्डकी प्रदेशले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमका लागि सांसदलाई बजेट दिने


0
Shares

पोखरा, जेठ १८ । गन्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेटमार्फत् प्रदेशसभा सदस्यहरुलाई पनि रकम दिने भएको छ ।

प्रदेशसभामा पेस भएको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा उल्लेख भएअनुसार निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रममार्फत् प्रदेशसभा सदस्यहरुले रकम पाउनेछन् ।

विकास आयोजना तथा कार्यक्रम छनोट र कार्यान्वयनको अनुगमनमा प्रदेशसभाका सांसदहरुको भूमिकालाई प्रभावकारी बनाइने बताइएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पेस गरेको योजनामा सांसदहरुको आयोजनामा सहभागिता बढाउन र साधन तथा स्रोतको सन्तुलित वितरणबाट सामाजिक, भौतिक, प्रविधि र सन्चार पूर्वाधार निर्माणमा सहयोग पुर्‍याउन निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम सन्चालन गर्न लागिएको जनाइएको छ ।

प्रदेशका सांसदहरुले संघीय सांसदले पाउनेभन्दा ५० प्रतिशत कम बजेट पाउने जनाइएको छ ।

प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ल्याएको बजेटमध्ये २१ प्रतिशतमात्रै खर्च भएको छ ।