२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


‘सांसद विकास कोषमा ६ करोड दिनु फजुल खर्चमात्र’


0
Shares

काठमाडौं, जेठ १८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष एवं पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले सांसद विकास कोेष भनेर चिनिने स्थानीय विकास पूर्वाधार कार्यक्रमका लागि ६ करोड विनियोजन गर्नु भनेको फजुल खर्चमात्रै रहेको बताएका छन् ।

शनिबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनले सांसदलाई रकम वितरण गर्नु खर्च वृद्धिमात्रै हुने जिकिर गरे ।

रेमिट्यान्सबाट आएको रकमको मनमौजी खर्च नियन्त्रणतर्फ सरकारले कुनै काम नगरेको उनले उल्लेख गरे ।

निर्यात प्रवर्द्धन एवं उद्योग संरक्षण गर्ने नीति भने सकारात्मक रहेको उनले बताए ।

नेपाली कांग्रेसका सांसद डा. नारायण खड्काले भने स्थानीय विकास पूर्वाधार कार्यक्रमका लागि छुट्टयाएको रकमको स्वागत गरे ।

यो रकम विनियोजन गर्नु भनेको संघीयतालाई दिगो र दरिलो बनाउने आधार भएको उनको भनाइ थियो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद हरिबोल गजुरेलले कृषि क्षेत्रलाई प्रोत्साहन गर्नेगरी बजेट नआएको टिप्पणी गरे ।

किसानलाई प्रोत्साहन गर्नुपर्नेजति नगरिएको र सहिदका परिवारलाई पनि बजेटमा समावेश नगरिएको उनको भनाइ छ ।