 
	    कैलाली, असार ३० । कैलाली प्रहरीले ‘बैंकको कर्मचारी हुँ’ भन्दै ठगी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेका छ ।
टीकापुर नगरपालिका–१ की ४४ वर्षीया महिलालाई साढे तीन करोडको ऋण ‘पास’ गरिदिने भन्दै १० लाख रुपैयाँ ठगी गर्ने दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जनकारी दिनुभयो ।
ठगीमा संलग्न दार्चुलाको लेकम गाउँपालिका–१ का ३२ वर्षीय पदमराज भट्ट र उनलाई सहयोग गर्ने डोटीको आदर्श गाउँपालिका–३ घर भइ सिलगढीमा डेरा गरी बस्ने ३५ वर्षीया सन्जाकुमारी कठायत रोकायालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
भट्टको साथबाट नेपाल बैंक लिमिटेडको शाखा प्रबन्धकको नक्कली परिचयपत्र, विभिन्न बैंक तथा आइएमईका भौचरसमेत बरामद गरिएको छ ।
भट्टले आफू नेपाल बैंक लिमिटेडको शाखा अधिकृत भएको बताउँदै १० लाख रुपैयाँ दिएमा तीन करोड ५० लाख ‘लोन’ पास गरी दिने भन्दै पीडित महिलालाई ठगी गरेका थिए ।
उनले ती महिलासँग थप दुई लाख माग गरेपछि शंका लागेर महिलाले जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी गरेकी थिइन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्